तानसेन। पाल्पामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । मंगलबार बेलुका कालीगण्डकी करीडोर अन्तरगत रामपुर नगरपालिका वडा नं. ८ गैरी खेतमा लु २९ प ३८२७ र लु २१ प ५९२८ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा तीनजना घाइते भएका हुन् ।

घाइते हुनेमा रामपुर नगरपालिका ८ का ३४ वर्षीय यमबहादुर साठीघरे, सोही स्थानका २९ वर्षीय जयबहादुर परियार र रामपुर ५ का २१ वर्षीय विष्णु माझी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जना घाइतेको रामपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

रामपुर नगरपालिकाकाे विजयपुरबाट भुजाततर्फ जादै गरेकाे र विपरित दिशाबाट आएकाे माेटरसाइकल बेलुका एक एक आपसमा ठाेक्किएका थिए । दुवै माेटरसाइकल नियन्त्रमा लिइ घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया