
तानसेन। पाल्पाको रामपुर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउने भएको छ । नगरपालिकाले १० वटै वडाका सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनेका संरचना हटाउने जनाएको हाे।
नगर कार्यपालिकाको बैठकबाट कब्जा भएका जग्गाको संरक्षण गर्ने यस्तो निर्णय गरिएको रामपुनर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए।अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीका लागि छिट्टै सूचना निकाल्ने र यस कार्यमा कसैले अटेरी गरेमा कानुनी प्रक्रियाअनुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोर विस्तारमा अवरोध गरेका दुई स्थानका संरचना हटाउन सुरु गरिने रामपुर नगरपालिकाले जनाएको छ।
वडा नं. २ को भलायटार र वडा नं. ५ को मटेरीमा रहेका संरचनाले करीडोर विस्तारमा अवरोध पुर्याएको हुँदा पहिलो चरणमा करीडोरको क्षेत्रमा रहेका संरचना हटाउने नगरपालिकाले जनाएको छ।