
पाल्पा। पाल्पामा डेंगुका बिरामी थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा हालसम्म एक सय ५७ जनामा सङ्क्रमण देखिएकाे हाे ।
कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईका अनुसार भाद्र ३१ गतेसम्म एक सय ४४ जनामा रहेकाे थप १३ जना संङ्क्रमित थपिएसंगै १५७ पुगेकाे हाे । अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमा परीक्षण गर्दा संक्रमण बढेकाे पाइएकाे छ ।
संक्रमणा थपिनेमा सबैभन्दा धेरै तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकाभित्र रहेका छन् ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग भएकाे हुँदा डेँङ्गुको भाइरसबाट सङक्रमित भएको ‘एडिस रजिष्टाइ’ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्याङ्कीमा यसले फूल पार्दछ ।
यसबाट बच्नका लागि सरसफाइ र झुलकाे प्रयाेग तथा लामखुट्टे नष्ट गनर् पनि स्वास्थ्य कार्यालय पालपाले अनुराेध गर्दै अाएकाे छ।