तानसेन । पाल्पाको रैनादेवी छहरा–३, भुवनपोखरीस्थित गोखुङ्गामा जिप दुर्घटना भएको छ । गोखुङ्गामा पन्चबलीको सामग्रीसहित मन्दिरतर्फ गएको लु १ ज २५८३ नम्बरको जिप दुर्घटना भएको हो ।दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिए।                      घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्दार गरिएको छ । उनीहरूलाई उपचारका लागि तानसेनतर्फ पठाइएको अध्यक्ष पौडेलले बताए । मङ्गरबार बिहान ११ः५० बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया