पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता

तानसेन। पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा निस्दी गाउँपालिका वडा नं. १ अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर रहेको प्रहरीले जनाएको छ ।

निस्दी गाउँपालिका–२, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराईमगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सीमानामापर्ने साखर्दी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएर थियो ।

बराईमगरसँगै रहेका चन्द्रबहादुर आले र नेश्नल राना भने सहज रूपमा खोला तरेर ज्यान जागाउन सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता बराई मगरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया