
तानसेन। पाल्पामा गाजासहित एक यवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं. ३ का १८ वर्षीय परिभेष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले आफ्नै घरमा गाजा लुकाएर राखेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । श्रेष्ठको घरमा खानतलासी गर्दा आफू सुत्ने कोठामा एक किलो ३ सय ग्राम सुकेको गाजासमेत भेटिएको प्रहरीले जनाएको छ ।
उक्त गाजा बरामत गरी निजलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।