तानसेन।पाल्पामा रुखबाट खसेर एक युवाको ज्यान गएको छ । अरिङ्गाल पोल्ने क्रममा सालको रुखबाट खसेर तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षका विष्णु बहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घर नजिकैको तारे जंगलमा छिमेकी पुर्णबहादुर रानासङ्ग अरिङ्गालपोल्न रुखमा चढेका सारुको एक्कासी रुखबाट घाइते भएका थिए ।सारुलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाएको र उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।