रिब्दीकोटका दुई सयबढी किसानलाई अनुदानमा बीउ आलु

तानसेन।पाल्पाको रिब्दीकोट किसानले  अनुदानमा आलुकाे बीउ वितरण गरेको छ । पालिकाले कृषिमार्फत समृद्ध रिब्दीकोट बनाउने योजना अनुसार व्यवसायिक खेतीका लागि बीउ वितरण गरेको हो ।

व्यवसायिक रुपमा आलु उत्पादन बढाउनका लागि गाउँपालिकाबाट चालु आर्थिक वर्षमा ०७९÷०८० मा कृषि कार्यक्रम अन्तर्गत पालिका भित्रका एक हजार २ सय किसानका लागि आलुको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए।

अध्यक्ष कार्कीका अनुसार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कार्डिनल रातो आलुको बीउ गरिएको हो । यो वर्षका लागि सत्तरी हजार किलोग्राम बीउ आलु विवरण गरिएको हो ।

ग्रामीण भेगमा समेत आलु आयात गर्नुपर्ने अवस्था सृजना भएको हुँदा आलु उत्पादनमा वृद्धि गर्नका लागि बीउ आलु वितरण गरेर उत्पादन बढाउने उद्देश्य अनुसार पालिकाले काम गरेको रिब्दीकोट कृषि शाखाले जनाएको छ ।

गाउँपालिकाले अनुदानमा बीउ वितरण गरी उत्पादन वृद्धिको लक्ष्यसहित स्वरोजगार र आयमूलक कामका लागि आवश्यक युवा शक्तिलाई गाउँमै परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया