तानसेन। पाल्पामा नुहाउने क्रममा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ। तिनाउ गाउँपालिका वडा नं. २ स्थित तिनाउ खोलामा नुहाउने क्रममा स्थानीय खेमबहादुर सारुको छोरा ३ वर्षीय मायुस सारुको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिदीसंगै नुहाउन गएका सारुको खोलो बगाएपछि प्रहरीको सहयोगमा डेढ किलोमिटर तल खोचमा फेला परि उपचारका लागि अस्पताल पुर्याउदै गर्दा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार आइतबार दिउँसो करिब दुई बजे घटेको घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।