काठमाडाैं।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको छ । समितिले बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा किजापूजा र भाइटीकाको उत्तम साइत जुरेको बताएको हो ।

पञ्चाङ्ग समितिका पूर्वअध्यक्षसमेत रहेका प्राध्यापक रामचन्द्र गौतम भने बिहीबार दिनभर नै टीका लगाउन मिल्ने बताए। साइत नै खोज्नेहरूका लागि समितिले जुराएको समय हुन सक्छ भएपनि आफ्नो अनुकुलअनुसारको समयमा टीका लगाउँदा मिल्नेछ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक ६ गतेदेखि यमपञ्चक सुरु भएको हो । कात्तिक ६ गते आइतबार कागतिहार, कात्तिक ७ गते सोमबार कुकुरतिहार र लक्ष्मीपूजा, कात्तिक ८ गते मंगलबार गाईपूजा, कात्तिक ९ गते बुधबार गोवर्द्धन पूजा/म्हपूजा, र कात्तिक १० गते भाइटीका र किजापूजा परेको छ ।

तपाईको प्रतिक्रिया