पाल्पामा प्रतिबन्धित कृत्रिम मालाको खुलेआम व्यापार

तानसेन। पाल्पा सदरमुकाम तानसेनसंगै जिल्लाभर नै कृत्रिम मालाको खुलेआम व्यापार भएको छ । तिहारका बेला अन्य समयको तुलनामा फूल र मालाको माग बढ्ने हुँदा सरकारले यो वर्ष कृत्रिम मालाको आयात रोक लगाएको थियो । तर, पाल्पा सदरमुकमासंगै जिल्लामा सबैजसो बजारमा प्राकृतिक मालाको सट्टा पलास्टिकको मालाको व्यापर हुँदै आएको छ ।

तिहारका बेला दाजुभाईले दिदीबहिनी र दिदीबहिनीले दाजुभाईलाई टीका लागाइदिएपछि नओइलाउने सयपत्री र मखमली फूलबाट बनेका माला लगाइदिने पुरानो प्रचलन भएपनि पछिल्ला केही वर्षयता प्राकृतिक मालासंगै पलास्टिकबाट बनेको कृत्रिम मालाको पनि प्रयोग बढ्ने गरेको छ। । खासगरी बजारमा भारतलगायतका देशबाट आयात हुने पलास्टिकका माला हेर्दामा राम्रो देखिने र बजारमा सहजै उपलब्ध हुने हुँदा उपभोक्ताले यसको प्रयोग बढाएका हुन् ।

यसरी स्वदेशी मालाको प्रयोग छाडेर आयातित मालाको प्रयोग बढेपछि सरकारले यो वर्ष क्रित्रिम मालाको आयातमा प्रतिबन्ध लगाएको छ। तर स्थानीय स्तरमा आवश्यकता अनुसार माला उत्पादन नभएको र प्राकृतिक माला किनेर पर्व मनाउन महंगो हुँने हुँदा पाल्पा सदरमुकामलगायत जिल्लाभर नै क्रितिम मालाको खरिदबिक्री हुने गरेको छ ।

सरकारले भने अनुसार स्थानीय प्रशासनले पनि प्राकृतिक मालाकै प्रयोग बढाउन जिल्लाबासीमा अपिल गरेको छ । तर, जिल्ला प्रशासन कार्यालयकै गेटमा क्रितिम मालाको दैनिक कारोबार भएको छ । व्यापारीले सरकारले पलास्टिकका माला आयतामा प्रतिबन्ध लगाएको बारे आफहरुलाई जानकारी नभएको हुँदा उपभोक्ताको माग अनुसार व्यापार गर्दै आएको जनाएका छन् ।

यता जिल्लाका विभिन्न स्थानमा व्यवसायीक रुपमा फूल खेती गरेका किसानहरुले भने सरोकारवाला निकायले सरकारले प्रतिबन्ध लगाएको मालाको व्यापार हुँदा पनि चासो दनिएको आरोप लगाएका छन् । यसरी नेपालीहरुको दोेस्रो ठूलो चाड तिहार मनाउदा मौलिक तरिकाले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन पनि पुष्प व्यवसायीहरुले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया