पुनः वर्षाको सम्भावना

काठमाडौं।पश्चिमी वायुका कारण आजदेखि देशका पहाडी भू(भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

शनिबार राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहने छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको