एमालेका उम्मेदवार घरदैलोमा

तानसेन। नेकपा एमालेबाट पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ठाकुर गैरेले चुनावी घरदैलो तथा टोलभेला कार्यक्रम गरेका छन् । मतदातासंग उनले पाल्पाको विकास हिजो भन्दा ओरालो अवस्थामा पुगेकोले पाल्पाको दिगो विकासका लागि सूर्यमा मतदान गर्न अनुरोध गरे। उनले अहिलेसम्म नभएको विकास आफूले जितेमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य पाल्पा क्षेत्र नं. २(२) पदका उम्मेदवार ओमबहादुर घर्तीमगरले कुसुमखोला, खस्यौली क्षेत्रको खानेपानी समस्या समाधान गर्न पहल गर्ने, कृषि र पर्यटन क्षेत्रको विकास पहल गर्ने, मोटरबाटो, स्वास्थ्य भवन, तथा सामुदायिक भवन निर्माणमा सहयोग गर्ने बताएका छन् ।

क्षेत्र नंं २ (१) का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाको विभिन्न क्षेत्रमा घरदैलो गर्दै सिञ्चास क्षेत्रलाई मकै र तरकारी उत्पादनको पकेट क्षेत्रकोरुपमा विकास गर्ने बताएका छन् ।  यस्तै मतदातासंग कुराकानी उनले शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत, यातायात, संञ्चारलगायतको क्षेत्रमा आफ्नो पहल रहने बताए।

एमाले पाल्पा क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले माथागढी गाउँपालिकाको रहवास, बहादुर गोठादी क्षेत्रका मतदाताहरु संग भेटघाट गर्दै सडक पुर्वाधारका लागि दर्जनौ पक्की पुल प्रदेश सांसद हुँदा गरेको र आवश्यकता अनुसार अन्य खोलाहरुमा पनि पुल निर्माणको योजना ल्याउने बताए ।

पाल्पा क्षेत्र नंं १ (१) का सदस्य खेमबहादुर सारुले कृषि क्षेत्रको आधुनिकीकरण, खानेपानीको समस्या समाधानको लागि जनताको आवश्यकता अनुसार पहल गर्ने बताए ।

पाल्पा क्षेत्र नंं १(१) का सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठले आफु स्थानीयवासी पनि भएको, रामपुरका हरेक गतिविधी संग प्रत्यक्ष जानकार रहेकोले रामपुरको सबैजसो विकासका काममा सक्रिय भएर लाग्ने भएकोले सूर्यमा मतदान गरी विजय बनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया