पाल्पाको सत्यवतीमा लाग्ने चिच्याएर बर माग्ने मेला आजदेखि सुरु

तानसेन। पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्ने मेला आजदेखि सुरु भएको छ । तिनाउ गाउँपालिका वडा नं. ४को सत्यवती ताल क्षेत्रमा चार दिनसम्म चल्ने मेला आजदेखि सुरु भएको हो ।

विगतका तीन वर्ष कोरोना संक्रमण जोखिमका कारण हुन नसकेको मेला यो वर्ष सक्रमणमा कमी आएपछि सुरु भएको सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

रातिमा जागराम बसी बासंको लिंगो ताल छेउमा गाड्ने र अर्को दिन आफूलो गाडेको लिंगो पूजा गरी चिच्याएर बर माग्ने यहाँको पुरानो प्रचलन रहेको छ ।यसरी चिच्याएर बर मागेमा मनोकाक्षा पुरा हुने विश्वासका कारण नेपालका विभिन्न जिल्लासंगै भारतका विभिन्न स्थानबाट पनि भक्तजनम मेलामा सहभागि हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

परापूर्वकालमा सत्यवती बज्यैले तपस्या गरेको स्थानमा चिच्याएर ‘वर’ मागे पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सत्यवती बज्यै कान नसुन्ने भएकाले चिच्याएर मागेका बर मात्रै पूरा हुने विश्वास रहँदै आएको सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।

यो वर्षको मेलामा डेढदेखि दुई लाख भक्तजन आउने अनुमान गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

विगतमा पदैल हिडेर लातसम्म जानुपर्नेमा यो वर्ष मेलामा आउने भक्तजनको सुविधाका लागि यातायातका साधान संचालन गर्न पाउने व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया