
तानसेन। नेकपा एमालेबाट पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्य नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएकोले सम्पूर्ण जनता लाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
एमाले उम्मेदवार आचार्यले निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरवास र तिनाउ गाउँपालिका वडा नंं ५ कोलडाडाँ क्षेत्रमा घरदैलो गर्दै केपी ओली सरकारको पालामा पुल, सडक, विद्यालय भवन, सास्कृतिक डवली, गाउँ गाउँमा रोजगारीका अभियानहरु संचालन भएको बताउदै प्रचण्ड, माधव नेपालहरु आत्तिएर सरकार ढलाएको आरोप लगाउदै अब जनताले सूर्य मत हालि पुनः एमाले सरकार बनाउनु पर्ने बताए ।
यस्तै पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्यमा एमालेको तर्फका उम्मेदवार खेमबहादुर सारुले पूर्वखोला वडा नंं ६ हेक्लाङ र तिनाउ ५ कोलडाडाँका मतदातासंग घरदैलो गर्दै केराबारी, पाताल मरामकोट सडक स्तरउन्नति गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्की पुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्षेत्र नंं १(१) का प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले निस्दीको वडा नंं २ सहलकोट र वडा नंं ३ झिरवासमा घरदैलो गर्दै एमाले सरकारले ल्याएको एक घर एक धारा, स्थानीय सडकको स्तरउन्नति, काउले डाडाँमा थप पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताए ।
पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुरप्रसाद गैरे र प्रदेशसभा सदस्य ओमबहादुर घर्तीमगर तिनाउ गाउँपालिका वडा नंं १ झिंगामारा, ठुली उदान, कचल र ओखलढुङ्गा क्षेत्रमा घरदैलो गरी त्यस क्षेत्रका समस्याहरु समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै पाल्पा क्षेत्र नंं २ (१) का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नं ६ को यम्घाको मन्द्रान, लाम्दी, शिखरडाडाँ क्षेत्रमा घरदैलो गरी सो क्षेत्रका जनताले सिंचाई तथा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्नुपर्ने, मोटरबाटो स्तरउन्नति गर्नुपर्ने र कालीगण्डकी करिडोर चाडो पिचको काम गर्नुपर्ने माग राखेकोमा एमाले उम्मेदवार भट्टराईले आफु प्रदेशसभा निर्वाचित भएपछी पहल गर्ने बताए ।