पाल्पामा ४५ प्रतिशत मत खस्यो

तानसेन। पाल्पामा हालसम्म ४५ प्रतिशम मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो साढे तीन बजेसम्म ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

बिहान कम मात्रामा देखिएका मतदाता संख्या दिउँसो भने उत्साहजनक रुपमा मतदान केन्द्रमा देखिएका छन् । दुई लाखबढी मतदाता रहेको पाल्पामा दुई प्रतिनिधिसभा तथा ४ प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।

११८ मतदानस्थल तथा २४८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । यसैबीच तानसेस्थित जनप्रिय माविमा मत बदर भएपछि बेलुका ७ बजेसम्म मतदान हने बताइएको छ ।

तपाईको प्रतिक्रिया