पाल्पाका दुवै प्रतिनिधिसभामा एमालेका उम्मेद्वारको अग्रता

तानसेन। पाल्पामा दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता हासिल गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनको जारी मतगणना अनुसार पाल्पा क्षेत्र नं. १ मा नारायणप्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुर प्रसाद गैरेले अग्रता लिएका हुन् ।

अहिलेसम्म जिल्लामा किरब ५० प्रतिशत मग गणना सकिएको छ । हालसम्मको तथ्यांक हेर्दा क्षेत्र नं. १ मा एमाले उम्मेदवार विजयी हुने देखिएको छ भने क्षेत्र नं. २ मा पनि एमाले कै अग्रता देखिएकाे हाे ।तर,  उता तीन वटा स्थानीय तहको मत परिणाम नआउदासम्म यसै आकलन गर्न नसकिने देखिएको छ ।

क्षेत्र नंं १ को निस्दी रामपुर पछि अहिले पूर्वखोला गाउँपालिकाको गणना जारी छ । यस्तै क्षेत्र नं. २ मा बगनासकाली र तानसेन नगरपालिकाको गणना सकिएसंगै माथागढी गाउँपालिका वडा नं. १ को गणना गर्ने तयारी भएको छ ।

यसैबीच आजै प्रदेशसभा १(१) तथा २(१) को पनि नतिजा आउने आकलन गरिएको छ । जसमा १(१) मा नेकपा एमालेका राजु श्रेष्ठ तथा २(१) मा नेपाली काँग्रेसका वीर बहादुर राना विजयी हुने सम्भावना देखिएको छ ।

तपाईको प्रतिक्रिया