
तानसेन। पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सोम प्रसाद पाण्डेयले पराजित भए पनि जिल्लाको विकासमा लागि पर्ने बताएका छन् । उनले हालै सम्पन्न निर्वाचनमा आफू पराजित भएपछि सामाजिक सञ्जालमा आभार तथा धन्यवाद दिाँदै यस्तो लेखेका हुन् । उनले लेखेका छन् । “२०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा मलाई मत दिनु हुने पाल्पा २ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।
निर्वाचनमा खटिनु भएका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी कमिटी, गठबन्धनका सहयोगी मित्रहरू, शुभेच्छुक र सहयोग गर्नु हुने सम्पूर्ण मित्रहरुलाई धन्यवाद दिन चाहन्छु ।
म पदमा रहे पनि नरहे पनि पाल्पाको विकासको लागि समर्पित हुनेछु। पाल्पाली जनताले लामो समयदेखी मलाई साथ दिनु भएकोमा पाल्पाली जनता प्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले सुरु गरेका केहि काम, विषशत: सिद्धबाबा सुरुङ्गमार्ग, तानसेन खानेपानी लगायत अन्य आयोजना समयमै सफल होस् भन्ने कामना गर्न चाहन्छु । मेरो जीवनको समय पाल्पाकै विकास र योजना अघि बढाउन आफ्नो तर्फवाट पूर्ण सहयोग गर्नेछु ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका ठाकुर प्रसाद गैरेलाई म हार्दिक बधाई दिन चाहन्छु । त्यस्तै प्रदेश सभा सदस्य वीर बहादुर राना र बसन्त घर्ती लाई पनि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।”
सोम प्रसाद पाण्डेय
प्रतिनिधि सभा सदस्य उम्मेदवार
पाल्पा, २