तानसेनको टक्सारमा भोलि योमरी महोत्सव हुने

तानसेन। पाल्पाको तानसेनस्थित टक्सारर टोलमा एक दिने यामरी महोत्सव हुने भएको छ । मैत्री क्लवको आयोजनामा तानसेन नगरपालिका वडा नं.–३ टक्सारमा शनिबार अर्थात मंसिर १७ गत ‘योमरी महोत्सव’ हुने भएको हो ।

लोप हुँने अवस्थामा पुगेको नेवारी सस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । नेवारी समुदाय चामलको पिठोबाट बनेको परम्परागत खाने कुरा योमरी पर्व लोप हुने अवस्थामा पुगेको हुँदा यस्को संरक्षण नयाँ पुस्तामा पुरानो संस्कृतिको बारमा अपनत्व गराउन महोत्सवको आयोजना गरिएको संस्थाले जनाएको छ ।

महोत्सवमा नेवारी संस्कृति अन्तरगत नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार र विशेषः योमरीको स्टल प्रदर्शन गरिनेछ ।

यस्तै योमरी बनाउने तरिका सिकाउनुका साथै यसबाट हुने फाइदाकोब बारेमा समेत जानकारी दिइने वडाध्यक्ष बावुरत्न शाक्यले नयाँधारलाई बताए ।

तपाईको प्रतिक्रिया