तानसेन। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालले पाल्पाको रिब्दीकोट गाउँपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी छलफल गरेको छ । मासिक स्वास्थ्य र मनोवैज्ञानिक सेवाका लागि प्रादेशिक स्वास्थ्य सेवा प्रणली सुदृणीकरण परियोजना अन्तरगत छलफल गरिएको हो ।
सरोकारवाल निकायसंगको छलफलमा सिएमसीकी प्रतिनिधि सारदा कुवंरले नेपालमा मानसिक रोगीको पछिल्लो अवस्थार यसको न्यूनिकरणका लागि गर्नुपर्ने पूर्वतयारीका बारेमा प्रस्तुती दिएकी थिइन् ।
उनले नेपालमा हालसम्म पनि ९० प्रतिशत बढी मानसिक रोगी रहेको र यस्ता रोगीलाई समाजलेसमेत नकारात्कम रुपले हेर्ने हुँदा स्थानीय सरकारले जनचेताना फैलाउनुपर्ने बताइन् ।
शहरी क्षेत्रसंगै ग्रामीण भेगमा पनि यस्ता रोगीको संख्या बढेको हुँदा यसतर्फ स्थानीय तहले पहल गरी बजेटको पनि व्यवस्थापन गर्नुपर्ने उनले बताइन् ।
यस्तै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमध्ये १०.०४ प्रतिशत नेपाली मानसिक समस्याकै कारण आत्महत्या गर्ने तथ्यांक रहेको उनले बताईन् ।
सो अवसरमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पछिल्लो समय कोरोनालगायतका समस्यापछि बालबालिका र अन्य नागरिकमा पनि मानसिक रोगको समस्या बढेको बताए।
उनले समाजमा बढेको यस्तो समस्या समाधानका लागि स्वास्थ्यकर्मी पनि तालिम प्राप्त रहेको हुँदा समुदायमा सचेतना फैलाउने र आगामी वर्षमा यसका लागि बजेट विनियोजन गर्ने पनि बताए ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल, लेखा अधिकृत विष्णु खनाल, योजना अधिकृत रुक्लाल भट्टराई, स्वास्थ्य शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको सहभागितामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनील अधिकारीले गरेका थिए ।