
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित भएका हुन । देउवाले ६४ र थापाले २५ मत पाएका थिए ।
निर्वाचित भएसँगै सभापति देउवालाई पुनः प्रधानमन्त्री हुने बाटो खुलेको छ । कांग्रेसको विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।