![](https://www.nayadhar.com/wp-content/uploads/2022/12/Samsadma-PM1626611231.jpg)
काठमाडौं। प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । साेही अनुसार राष्ट्रपति भण्डारीले अधिवेशनकाे मिति र समय तए गरेकी हुन् ।