नाबालिका करणी आरोपमा एक जना पक्राउ

तानसेन। १४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –१, ठूलीउदाङ्का २१ वर्षीय हिमाल सोमरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुपन्देही जिल्ला सैनामैना घर भएका र हाल तिनाउ –१, मा मामाघर बस्दै आएका १४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले सोमरेलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको परिवारबाट आएको जाहेरीका आधारमा निज आरोपी सोमरेलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको