
काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ ।
भिडियाे हेर्नुहाेसः