बुटवल।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि सत्ता गठबन्धन दलका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न एमालेसहित दलहरू केहीबेरअघि प्रदेश प्रमुखको कार्यलयमा पुगेका हुन् ।
प्रदेश प्रमुख प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेश गर्न लागिएको हो ।
गठबन्धनमा भएको सहमतिअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।