
पाल्पा । तुलाराम घर्तीमगर (बसन्त) रोल्पा जिल्लाको तत्कालिन खुमेल गाविसमा आमा अम्मुदेवी घर्तीमगर र बुबा चित्रमान घर्तीमगरको कोखबाट वि.स.२०२५ साल साउन १५ गते जन्मिएका थएि ।उनी किशोर अवस्थादेखि नै न्याय र सत्यका प्रति प्रतिबद्ध र अन्याय अत्याचारका विरूद्ध आगोका फिलंगो ओकल्ने स्वभावका थिए ।
गरिबी र अभावका कारण २०४२ सालमा सहज जीवनवृत्तिका लागि उनको परिवार कपिलवस्तुको शिवगढी गाविसमा बसाई सरेको थियो । २०४४ सालमा एसएलसी पास गरेपछि तत्कालिन अनेरास्ववियूको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका घर्तीले वि.स.२०४५ सालदेखि ५० सालसम्म शिवगढी प्रा.वि.विजगढीको संस्थापक प्रअको भूमिका निर्वाह गरेका थिए ।
पछि २०४६ सालदेखि बाम राजनीतिक आन्दोलनमा सक्रिय रहनु भएका घर्ती २०४८ साल असोज ३० गते शिवगढी गाविसको तुरुन्तपुरमा काँग्रेसी गुण्डासँगको भिडन्तमा गम्भीर घाइतेसहित तत्कालिन गिरीजा सरकारले ज्यानमार्ने उद्योगको मिथ्या मुद्धा लगाउँदा अर्धभूमिगत भएका थिए । वि.स.२०४७ सालदेखि साइनिंग सांस्कृतिक परिवार शिवगढीको सचिव, शिक्षक संगठनमा आवद्धता, २०५० सालमा काँग्रेस सरकारबाट सार्वजनिक अपराजको मुद्धा फेरी अर्धभूमिगत, नेकपा मशालको २०४७ देखि पार्टी सदस्य, २०४८ सालमा एरिया कमिटी सदस्य हुँदै भूमिगत भई प्रवासमा रहेको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य, जनवादी गणतन्त्र नेपालको स्थापना र समाजवादको कार्यान्वयन नै हो भन्ने ठहर गरी घर्तीले देशमा चलिरहेको माओवादी जनयुद्धमा क्रियाशीलता बढाएका थिए ।
घर्तीले श्रीमती जानुकासंगै १० वर्ष भूमिगत जीवन बिताएका थिए । लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै नेपाली जनताले शुख शान्ति पाउने छन् भन्ने वृहत स्वार्थले अभिप्रेरित भई आन्दोलनमा होमिएका घर्ती मगरले पटक पटक ज्यानलाई जोखिममा राखेर जनताको पक्षमा काम गरेका थिए । जनयुद्धका बेला पाल्पामा सक्रिय भूमिका निर्वाह गरेका घर्तीको माओवादीमा कमाण्ड गर्दा बसन्त नाम राखिएको थियो । त्यसयता उनलाई धेरैले बसन्त नामबाटै चिन्ने गरेका छन् ।
आइएसम्म अध्ययन गरेका सभामुख घर्ती माक्सवादी राजनीतिका प्रखर वक्ता, कशुल लेखक, अध्येता र राजनीतिक वैचारिक स्कुलिङ्गका प्रखर वक्ताका रुपमा समेत रहेका छन् । घर्ती मगर माक्सवादी दर्शन, नेपाली अर्थराजनीति, नेपालको आदिवासी जनजाति, वर्णविन्यास, राजनीतिक घटनाक्रमका सन्दर्भमा दर्जनौं लेखहरु समेत लेखेका छन् ।
नेकपा माओवादी केन्द्रको भूमिगतकालदेखि नै राजनीतिमा सक्रिय रहेका घर्ती संघीय व्यवस्था सुरु भएपछि वि.स. २०७४ मा भएको निर्वाचनमा बाम गठबन्धनकोतर्फबाट पाल्पामा क्षेत्र नं. २(२) मा प्रत्यक्ष निर्वाचित भएका थिए । हाल उनी दोस्रो पटक प्रदेश सभा क्षेत्र नं. २ (२) को प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भए। माओवादी केन्द्रको इतिहासमा उनी पाल्पाबाट प्रदेशसभामा निर्वाचित हुने पहिलो सासंद पनि बन्न सफल भएका छन् ।
रोल्पाबाट कपिलवस्तु शिवगढीमा झरे पनि २०६८ सालदेखि तिनाउ गाउँपालिका–३, दोभान पाल्पालाई आफ्नो स्थायी बसोबास स्थल बनाएर बस्दै आएका घर्तीका एक श्रीमती, २ छोरी र एक छोरा रहेका छन् ।
घर्तीको जनयुद्धका कमाण्डरदेखि सभामुखसम्मको यात्राः
लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध रुपमा निर्वाचित तुलाराम घर्र्ती (बसन्त) माओवादी जनयुद्धका कमाण्डर समेत हुन् । घर्ती वि.स. २०४२ मा सपरिवार बसाइसराई गरी साविक कपिलबस्तुको शिवगढी हालको शिवराज नगरपालिका–९ मा बसाईसरी आएका थिए ।
त्यसपछि २०६८ सालदेखि पनि बसाइ सरेर अहिले पाल्पाको तिनाउ गाउँपालिका–३ मा बसोबास गर्दै आएका छन् ।
सानैदेखि राजनीतिमा रुचि राख्ने घर्ती २०४७ सालमा नेकपा मशासलबाट औपचारिक रुपमा राजनीति सुरु गरे । २०४८ मा नेकपा मशालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव हुँदै २०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । त्यसपछि २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भए । २०५३ सालको माघमा भुमिगत बनेका घर्ती २०६२ सालसम्म भूमिगत अवस्थामा नै थिए ।
२०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ती २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्षसमेत बने । यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पाल्पा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरे ।
२०६२ मा जनआन्दोलन दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ती २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बन्ने तर पराजित भए । २०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रिय महासचिव, २०७० सालमा मगर संघको केन्द्रिय उपाध्यक्ष र २०७० सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बनेका घर्ती २०७४ साल प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २(२) बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भइ संसदीय राजनीतिमा प्रवेश गरे।
२०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि केन्द्रिय सदस्य बनेका थिए । नेकपा विभाजन पछि घर्ती नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेत बन्ने अवसर पाए । यस्तै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ती पोलिटव्युरो सदस्यमा चयन भए ।
हाल घर्ती पाल्पा जिल्लाको माओवादी इन्चार्ज समेत हुन् । हाल सत्तागठबन्धनको भागबन्डा लुम्बिनी प्रदेश सभाको समामुखमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशसभामा प्रदेशले उनलाई मंगलबार सभामुखमा नियुक्त गरेका हुन् ।