विषादी सेवन गरेर पाल्पामा एक जनाको मृत्यु

तानसेन। पाल्पामा विषादी सेवन गरेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चा रहेको प्रहरीले जनाएको छ ।

खाम्चाले आफू सुत्ने कोठामा नाम नखुलेको विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विषादी सेवन गरेका उनलाई बुबा यमबहादुर खाम्चाले उपचारका लागि रामपुर अस्पताल पु¥याएका थिए ।

अस्पतालमा उपचारका क्रममा खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जनाकारी दिए ।

तपाईको प्रतिक्रिया