पाल्पा। तानसेन-रिडी-तम्घास सडक खण्ड मर्मतका लागि आजदेखि पुनः एक महिना बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले उक्त सडक खण्डको रिब्दीकोट गाउँपालिकास्थित माल्मुल-जोर्ते क्षेत्रमा सडक चौडा गर्नुका साथै मर्मतका लागि दैनि १२ घण्टाका दरले एक महिनासम्म सडक बन्द गर्ने जनाएको हो।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदिपमणी निरौलाका अनुसार आज बिहानदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर मर्मत र चौडा गर्ने काम हुने भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाले निकालेको सूचनाअनुसार एक महिनासम्म हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बेदेखि ४ बजेसम्म र बेलुका ६ बजेदेखि १० बजेसम्म सबै सवारी आवागमन बन्द हुनेछन ।
यस बाहेको समयमा भने सवारी संचालन हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यसअघि पनि पटक पटक सडक चौडा गर्नका लागि सवारी रोकेरै काम गर्दासमेत निर्माण नसकिएपछि पुनः काम गर्न लागिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
उता यात्रु र सर्वसाधारणले भने सडक डिभिजनको वेवास्ता र निर्माण कम्पनीको लापरबाहीले गर्दा लामो समयसम्म सवारी संचालन हुन नसक्दा आफूहरु मारमा परेको बताउँदै आएका छन् ।