बुधबार लुम्बिनीसहित चार प्रदेशकाे मौसममा बदली आउने

पाल्पा। बुधबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार बिहानैदेखि हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।

यस्तै पहाडी जिल्लाहरुमा समेत हल्का तुवालो लागेको हुँदा बुधबारदेखि मौससमा बदली आउने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया