तानसेन। पाल्पाको रानीमहल दरबारमा एक जोडीले इन्गेजमेन्ट (टिकाटालो) गरेका छन् । ऐतिहासिक र पर्यटकीय हिसाबले हेरिदै आएको रानीमहल दरबारमा बिहीबार बसन्त पञ्चमीको अवसरमा टिकाटालो भएको हो।
टिकाटालो भएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । स्याङ्जाका दिलिप र तानसेनकी दीपा बस्यालबीच भएको इन्गेजमेन्टको तस्वीरप्रति सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी समेत भएका छन् ।
केहीले यसलाई सकारात्मक रुपमा लिएका छन् भने, केहीले यसको खुलेरै आलोचना गरेका छन् ।
प्रेम जोडीका लागि राम्रो गन्तवय मानिने रानीमहल दरबारमा पाल्पा गौंडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहलको विसं १९४९ मा निर्माण गरेका थिए ।