एमालेबाटै राष्ट्रपति चयन हुन्छः ज्ञवाली

तानसेन। नेकपा एमालेका उप-महासचिव प्रदीप कुमार ज्ञवालीले पूर्व सहमति अनुसार नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचन हुने बताएका  छन् । शनिबार प्रेस चौतारी नेपाल, पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उप महासचिव ज्ञवालीले नेकपा माओवादीको बैठकबाट राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने भनिएको भएपनि त्यो काँग्रेसलाई दिने भन्ने हल्ला मात्र भएको प्रष्ट पारे।

उनले सत्ता गठबन्धनको तर्फबाट एमालेका उम्मेदवारलाई नै राष्ट्रपति चयन गर्ने र त्यसमा राष्ट्रिय सहमति जनाउन नेपाली काँग्रेस पनि सहभागि हुन सक्ने सम्भावना रहेको बताए ।

माओवादी केन्द्रको बैठकमा उठेका कुराको चर्चाबारे बोल्दै ज्ञवालीले प्रधान्मन्त्रीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न काँग्रेसलाई पनि त कन्मिन्स गर्न सक्ने बताए ।

 

काँग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको आरोप उनले लगाए ।

फरक प्रसंगमा उप महासचिव ज्ञवालीले देशको सबै भन्दा ठूलो चुनौती नै राजनीतिक स्थायित्व कायम गर्नु रहेको बताएका छन् । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले हालै सम्पन्न निर्वाचन पश्चात नेपालको राजनीतिलाई नयाँ मोड दिएर नयाँ सरकार गठन गरी सकारात्मक कामको समेत सुरुवात भएको बताए ।

उनले अहिलेको सत्ता गठबन्धन फरक फरक नीतिगत प्राथमिकता र फरक फरक बाचा, कबुल गरेर जनताबाट निर्वाचित भएका दलहरु मिलेर गठन भएपनि देशको आवश्यका अनुसारको न्यूनतम साझा कार्यक्रम निर्माण गरी सरकार सञ्चानल गरिएको हुँदा यसबाट सकरात्मक प्रभाव देखिएको बताए । नयाँ सरकार गठन पश्चात आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव दखिएको बताउँदै अहिलेको सरकारले प्रदेशहरुमा जथाभावी बढाइएका मन्त्रालयहरु घटाएर देशको ठूलो रकम बचाउन सफल भएको भनाइ राखे ।

सरकारका न्यूनतम साझा कार्यक्रम अनुरुप विकास निर्माण, सेवा प्रवाह शुसासनमा सकारात्मक प्रभाव परेको बताउँदै राष्ट्रििय शक्तिहरु कमजोर हेनेगरी राजनीतिक अस्रिथता बडेको समयमा बाह्य शक्तिको चलखेल बढ्ने रविकास निर्माणमा त्यसले प्रत्यक्ष प्रभाव पारेको हुँदा सहमति अनुसार नै सत्ता गठबन्धनर सरकार अघि बढ्नेमा नेकपा एमाले विश्वश्त रहेको ज्ञवालीको भनाई छ ।

तपाईको प्रतिक्रिया