लुम्बिनी प्रदेश सभा पहिलाे बैठक : प्रदेश सभा नियमावली पारित

बुटवल।प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ ।

जेष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गर्नुभउको  प्रस्ताव सदनले पारित गरेको हो ।

यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधिहरु अघि बढाउने छ । यस अघि प्रदेश नम्बर ५ नियमावली- २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशत भन्दा बढी संसोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेश सभा सचिव दुलर्भकुमार पुनले जानकारी दिए।

‘सिकाइ र अनुभवका आधारमा नियमावली संसोधन गरे। पुरानो नियमावली संसोधन गर्दा ५० प्रतिशत भन्दा बढी गर्नुपर्ने देखिएपछि नयाँ बनाइएको रअब प्रदेश सभाको सबै गतिविधि यही नियमावलीको आधारमा हुने पुनले बताए ।

अर्काे बैठक माघ ३ गतेः

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ ।

पहिलो अधिवेसनको दोस्रो बैठक सकिएपछी अध्यक्षता ग्रहण गर्नु भएका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोक्नुभएको हो ।

अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ ।

पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अन्तरगत राजनीतिक दलहरुको विचमा सहमतीको प्रयास गरिने र सम्भवतः आउदो बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया