तानसेन। पाल्पामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार सिद्धार्थ रामार्ग अन्तरगत तानसेन वुटवल सडक खण्डस्थित तिनाउ गाउँपालिका–५ चौबिस माइर्लमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२९ प ३२९७ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत घर भई हाल वालिङ नगरपालिका –८ स्याङ्जामा बस्दै आएका ३७ वर्षीय विनय चौधरी रहेको प्रहरीले जाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यसैबीच पाल्पामा आज बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार आमा-छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया