जनयुद्ध दिवसको अवसरमा पाल्पामा दीप प्रज्वलन

तानसेन। २८ औं जनयुद्ध दिवसको अवसरमा पाल्पामा दीप प्रज्वलन गरिएको छ । पाल्पा सदरमुकाम तानसेनसिथत सित्तलपार्टीमा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी र अनेरास्वीयू क्रान्तीकरीको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रमको सम्बोधन गर्दै नेकपा मोओवादी केन्द्रका केन्द्रीय सदस्य अनील किशोर घिमिरेले माओवादी जनआन्दोलले ल्याएको उपलब्धीको कार्यान्वय गर्ने बेला आएको बताए । उनले देश परिवर्तनका लागि गरिएको आन्दोलनको स्मरण गर्दै अहिलेको व्यवस्था ल्याउन माओवादीले हतियार उठाए पनि त्यो देश र जनताको हितमा रहेको बताए ।

उनले जनयुद्ध हुँदै शान्ति प्रक्रिया र अहिले देशमा बनेको नयाँ संविधानको उपज पनि फागन १ बाट सुरु भएको जनयुद्ध नै रहेको हुँदाा यो दिवसलाई माओवादी केन्द्र मात्र नभएर सबै दल र राष्ट्रले नै मनाउनु पर्ने बताए ।

विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो । माओवादी केन््रद्रले आयोजना गरेको दीप प्रज्वलनमा पार्टीका नेता, कार्यकर्ता, भातृ एंव सुवेच्छुक संगठनका प्रतिनिधि र सर्वसाधारणकोसमेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया