पाल्पा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमित मै राष्ट्रपति चयन हुने बताएका छन् । उनले राष्ट्रपतिको निर्वाचनपछि पनि सरकारको नेतृत्व परिवर्तन नहुने दाबी गरे ।
नेकपा (माओवादी केन्द्र) पाल्पाले तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी केन्द्रलाई अप्ठेरो पार्ने गरी देखिएका क्रियाकलापका कारण पुरानै गठबन्धनलाई निरन्तरता दिन सम्भावना बढेको बताए ।
उनले अहिले सरकारमा रहने भन्दा हालसम्म हासिल गरेका उपलब्धीको रक्षाका लागि माओवालीले जोड दिएको हुँदा राष्ट्रिय सहमित मै राष्ट्रपति चयन गर्न अभियान भालेको बताए । निर्वाचनपछि एमालेलगायतका दलहरुसंगको समिकरणमा बनेको सरकारमा एमालेले देखाएको प्रवृतिका कारण पुरानै पाँच दलीय गठबन्धन विउतिने सम्भावना पनि बढेको श्रेष्ठले बताए ।
एमालेसंग अहिले बनेको सरकार बामपन्थीहरुको एकतालाई मध्येनगर गरेर निर्माण भएको भएपनि सरकार बनेको दिनदेखि नै प्रधान्मन्त्रीलाई काम गर्न असहयोग गर्ने तथा अन्य दलसंग एमालले छुट्टै गठबन्धन गरेका कारण राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने तथा संविधानको रक्षाका लागि माओवादी कदम चालेको उपप्रधान्मन्त्री श्रेष्ठले बताए ।
अहिले पनि चरणबद्ध रुपमा एमाले।काँग्रेस ररअन्य दलहरुसंग वार्ता जारी रहेको हुँदा उम्मेदवार र कुन दलबाट राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने टुंगो नलागेको उनले बताए रतर, राष्ट्रिय सहमित, खासगरी प्रमुख प्रतिपक्षकोसमेत सहमतिमा राष्ट्रपति चयन हुने श्रेष्ठले बताए ।
उनले भने, “अहिले माओवादीले सरकारमा बस्नका लागि भन्दा लोकतन्त्र र संविधानसंगै अहिलेसम्म हासिल गरेको उपलब्धी बचाउनका लागि ध्यान दिएर राष्ट्रिय सहमतिमा जोड दिएको बताए।”
उनले अब छिट्टै एकीकृत समाजवादीसहित साना बामपन्थीहरुको एकता गरी एकीकृत पामपन्थी पार्टी निर्माण गर्नेतर्फ पनि आफूहरु लागि पर्ने बताए । शुक्रबार बेलुकासम्म राष्ट्रपति र उपराष्ट्रपतिको नाम टुंगो लगाउने तयारी भएको हुँदा प्रमुख प्रतिपक्षको पनि सहमतिमै नामावली टुंगो लाग्ने नेता श्रेष्ठले बताए ।
पहिले ओलीले संविधान विपरित संसद विघट गरेका कारण कारण जनताले दिएको बहुमतसहितको पार्टी विभाजन भै पार्टी छुट्टिनु परेको र अहिले पनि संसद विघटन संवैधानिक हो भन्ने जस्ता अभिव्यक्ति सदन दिएको अवस्थामा पुनारै गठबन्धन बिउताउने सम्भावना प्रवल रहेको श्रेष्ठले बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपति जुन सुकै दलबाट बनेपनि सरकार भने माओवादी केन्द्रकै नेतृत्वमाअघि बढ्ने पनि बताएका छन् ।
माओवादी केन्द्रले दुई महिने वैचारिक, राजनैतिक तथा सांगठनिक अभियान अन्तरगत पाल्पाको तानसेनमा आयोजित प्रशिक्षण भेलामा माअोवादी केन्द्रका सचिव, लुम्बिनी प्रदेश अध्यक्ष, पूर्वमन्त्री, पूर्व सासंद तथा अन्य नेता,कार्यकर्ताको सहभागिता रहेको थियो ।