
पाल्पा । पाल्पामा मगर एकता दिवशको अवसरमा सार्वजनिक विदा दिइएको छ । जिल्लामा करिब ५० प्रतिशत मगर जातिको बसोबास रहेको हुँदा जिल्लाका १० वटै स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
पालिकाहरुले सूचना जारी गर्दै मगर एकता दिवशको अवसरमा शुभकामनासहित पालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा विदा रहने जनाएका छन् ।
नेपाल मगर सङ्घ स्थापनाको ४१ औँ मगर दिवस जिल्लाभर विविध कार्यक्रमसहित मनाइने सङ्घका जिल्ला अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए।
दिवसका अवसरमा जिल्लाभर नै मगर समुदाय सम्बद्ध सङ्घसंस्थाले भेषभूषाको प्रदर्शन, झाँकी ¥यालीसहित सभा, मगरी खाना तथा ऐतिहासिक सामग्रीको प्रदर्शन, सांस्कृतिक प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष घर्तीमगरले बताए।
पाल्पाको तानसेन, रामपुर, माथागढीको सराइ, बौघागुम्हा, रिब्दीकोट, रैनादेवी छहरा, रम्भा, पूर्वखोला, निस्दी, तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा मगर एकता दिवसका अवसरमा विशेष कार्यक्रमको पनि आयोजना गरिएको छ ।