पाल्पामा भरुवा बन्दुकसहित दुई पुरुष पक्राउ

तानसेन।पाल्पामा भरुवा बन्दुकसहित दुई जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका भित्रका स्थानीय २८ टीकाराम सारू र ५८ वर्षका नीरबहादुर सारू रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई तिनाउ गाउँपालिका वडा नं. ६ घोर्लीघाटबाट भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ नाले भरुवा बन्दुक थान १, २५ वटा फलामको टुक्रा, कालो धुलो बारुद्ध ७० ग्राम फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाका अनुसार पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद लिइ अनुसन्धान जारी रहेको छ ।

तपाईको प्रतिक्रिया