कैलालीको वनमा महिला र पुरुष मृत भेटिए

धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  कुलदीप चन्दले बुधबार दिउँसो उनीहरु दुवै जना सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

 

छिमेकीहरुका अनुसार ललितादेवी बाख्रा चराउन जंगलमा गएकी थिइन् भने दास केकति कारणले जंगलमा गएका थिए रु भन्ने खुलेको छैन । गाइगोरु चराउन गएका बालबालिकाहरुले दुवै जना रुखमा झुण्डिएको अवस्थामा मृत भेटेपछि स्थानीयलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक प्रेम खड्का नेतृत्वको टोलीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएको छ । घटनाको अनुसन्धान जारी छ । मृतक दुवै जनाका श्रीमान–श्रीमती र छोराछोरी छन् ।

तपाईको प्रतिक्रिया