तानसेन। पाल्पा सदरमुकाम तानसेनमा मौलिक फागु प्रर्दशन  गरिएको छ । केही वर्षदेखि होली पर्व मनाउने प्रचलन बढेपछि मौलिक फागु हराउँदै गएका भन्दै यहाँको एक समूहले तानसेनमा मौलिक फागु प्रर्दशन गरेका हुन् ।

पहाडका जिल्लाहरुमा फागुन शुक्ल अष्टमीदेखि फागु पूर्णिमाको अर्को दिन चिर जलाउदासम्म फागु खेल्ने प्रचलन रहेको छ । हराउने अवस्थामा पुगेको फागुलाई  संरक्षण गर्नका लागि आफूहरु फागु प्रर्दशन गरी  पहल गरेको बैघाागुम्हा फागु समूहले जनाएको छ ।

पाका पुस्तासंगै युवाहरुले मौलिक फागु गाएर तानसेन बजार परिक्रमा गरेका थिए । उक्त समूहले तानसेनका चोक चोकमा फागु प्रर्दशन पश्चात होली खेल्ने तानसेन बसपार्कमा समेत फागु प्रर्दशन गरेका थिए ।

यसैबीच पाल्पाबासीले कोरोना महामारीको तीन वर्षपछि यो वर्ष खुसियालीका साथ होली पर्व मनाएका छन् ।

जिल्ला प्रशासनको निर्देशन अनुसार शान्त र सभ्य रुपमा फागु पर्व मनाउन सदरमुकाम तानसेनसंगै जिल्लाका गैडाहरु र चोक चोकमा स्थानीयहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया