अन्तराष्ट्रिय महिला श्रमिक दिवसः ‘महिलाहरु अझै समानताको लडाईमा’

तानसेन। एक सताप्ती भन्दै अघिदेखि दिवस मनाउदै आउदासमेत महिलाको समान सहभागिता र अधिकारबाट बञ्चित रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पाल्पास्थित तानसेन नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको असवसरमा तानसेनमा आयोजना गरेको अन्तरक्रियाका सहभागीले सो कुरा बताएका हुन् ।

लामो जनयुद्धपछि आएको संविधान कार्यान्यव समेत हुन नसक्दा महिलाका मुद्या किनारा लागेको महिला अधिककारकर्मीहरुले बताएका छन् । उक्त कार्यक्रममा अधिवक्ता शान्ती बस्यालले दिवसको अवसरमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उक्त कार्यपत्रमाथि संविधान सभा सदस्य नारायणी शर्मा, अधिवक्ता लालकुमारी रानाले टिप्पणी गरेका थिए।

टिप्पणीकारहरुले दिवस मनाउन थालेको लामो समय वित्दासम्म महिलाको अहिलेसम्म पनि समान सहभागिता हुन नसकेको बताए । सती पर्थाबाट सुरु भएको महिला हिंसा अन्य भएपनि हालसम्म आउदा महलिाबाट नागरिकता, छुवाछुत, विधुवालाई गरिने व्यवहार जस्ता कार्यमा महिलाहरु समस्यामा परेको उनीहरुले बताए ।

संविधानमा उल्लेख भएका अधिारको कार्यान्वयन हुन नसकेको भन्दै राज्यले यसको पक्षमा ध्यान दिनुपर्ने उनीहरुले बताए । यस्तै समजामा अहिले पनि महिलाको श्रमको समान ज्याला, राज्य संचालन र जिम्मेवार पदहरुमा समान सहभागिता जस्ता क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने कार्यक्रमका सहभागीले बताएका हुन् ।

राजनीतिक क्षेत्रसंगै हरेक स्थानमा महिला सहभागित बढाई समाजमा महिलाको उपस्थिती र पहुँच पुरुष बराबर बनाउनका लागि संविधान कार्यान्वयन र तीनै तहका सरकारले ध्यान दिनुपर्ने सो कार्यक्रमका सहभागीले बताएका छन् ।

कार्यक्रममा सहभागी राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, राजनीतिक दलका प्रमुख एवं प्रतिधिनि, सामाजिक व्यतित्व, तानसेन नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तानसेन नगपालिका उपप्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षताममा सम्पन्न भएको कार्यक्रमको संचालन नगरपालिकाका सूचना अधिकृत भरत आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया