नेता भण्डारीको स्वास्थ्यमा सुधार

तानसेन।  भारतको मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा उपचाररत नेपाली कांँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । सो अस्पतालमा उपचार थालेको २३ औं दिनसम्म आइपुग्दा उनको पछिल्लो अवस्था अनुसार शरीरका सबै पारामिटर सामान्य रहेको अस्पतालका डाक्टरलाई उद्धृत गर्दै काँग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन् ।

उनका अनुसार अक्सिजनको मात्रा दुई लिटरमा झारिएको छ । फिजियोथेरापी पनि भएको छ । त्यस्तै ग्राफ्ट गरिएको छालाले राम्रो प्रतिक्रिया दिई रहेको छ ।

डा. भण्डारीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको  भएपनि अस्पताल प्रशासन र चिकित्सकहरुले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।

कोलमी गरेको स्थानहरुको अवलोकन र मूल्यांकनपछि केही ठाउँको सर्जरी गरिने बताइएको छ । ग्यास चुहिएर भएको आगलागीबाट सांसद भण्डारी र उनको आमा फागुन ३ गते घाइते भएका थिए ।

गम्भीर घाइते भएका डा.भण्डारी फागुन ४ गतेदेखि मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा उपचाररत छन् । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा यस अघि नै निधन भएको थियाे ।

तपाईको प्रतिक्रिया