
तानसेन। पाल्पामा विद्युतिय राहदानी बनाउने बढेका छन् । पछिल्लो समय विद्युतिय प्रणालीबाट वितरण गरिने ई-पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पाल्पामा युवा पुस्ताको भीड लागेको हो ।
देशमा रोजगारीको अवसर नहुनु र अध्ययनका लागि तेस्रो मुलुकतर्फ जानका लागि ई-पासिपोर्ट लिन लागेको युुवाहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाल्पाबाट हाल दैनिक ८० देखि एकसय १० वटासम्म ई पासपोर्टको फारम भरिदै आएको कार्यालयकी प्रशासीय अधिकृत रमा श्रेष्ठले बताइन् ।
राहदानी विभागबाट पाल्पाका लागि राहदानीको फारम भर्ने एउटा मात्रै प्रणाली जडान भएको हुँदा एकै दिन सबै सेवाग्राहीले सेवा पाउन नसकेको अधिकृत श्रेष्ठले बताइन् ।
विगतमा टोकन वितरण गरेर अफलाइन सिस्टमबाटै फारम भरेर राहदानी वितरण हुने गरेकोमा सेवाग्राहीको चाप बढेपछि बिहीबारदेखि अनलाईन फारम भरेर आएका सेवाग्राहीलाई मात्रै सेवा दिने गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । यसैबीच राहदानी बनाउनकै लागि बैंकमा समेत सेवाग्राहीको भीड बढेको छ ।
पाल्पास्थित राष्ट्रिय वाणिज्य बैंकमा मात्रै राहदानीक लागि दैनिक दुई वटा लाईनबाट राजस्व संकलन हुँदै आएको बैंकले जनाएको छ ।