पाल्पामा लागु औषधसहित दुई जना पक्राउ

पाल्पा। पाल्पामा लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । शनिबार सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं. ३ झुम्साबाट बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग ३ च ५९०१ नम्बरको कारबाट लागु औषधसहित दुई जना युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ विरठाँटीका ३५ वर्षीय संजय नेवार र धादिङ्गको तिरपुरा, ३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नुफिन ५० एम्पुल,  डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी १५० एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रह्री कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए।

सवारीसहित दुवै जना युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया