बुटवल । लुम्बिनी प्रदेशबाट दुई दल बाहिरिएका छन । नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारबाट बाहिरिएका हुन् । मुख्यमन्त्री लीला गिरीको सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट तीन र जनमत पार्टीको तर्फबाट एक जना मन्त्री रहेका थिए ।
आइतबार चारै जना मन्त्रीले मन्त्रीलेमुख्यमन्त्री गिरी समक्ष राजिनामा बुझाएका छन् । आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग तोकिए पनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाएका हुन् ।
अब मुख्यमन्त्री गिरीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।