सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना, श्रीमान श्रीमती घाइते

तानसेन। सिद्धार्थ राजमार्गको तानसेन वुटवल सडक खण्डस्थित सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान पाल्पादेखि बुटवलतर्फ जादै गरेको लु २६ प ४८४८ नम्बरको मोटरसाइकल तिनाउ गाउँपालिका वडा नं. ३ सिद्धबाबा नजिकैबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रम्भा गाउँपालिका वडा नं ५ ताहुका ६९ वर्षीय मनबहादुर पुन र उनकी श्रीमती ५६ वर्षीया भारतीदेवी पुन घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए ।

घाइते दुवै जनालाई उद्दार गरि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकदेखि १२० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

श्रीमानको खुट्टामा र महिलाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया