सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

काठमाडौं। आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आइतबार छापावल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय कायम भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सयमा छापावल र एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको प्रतितोला मूल्य १ हजा ३७० रुपैयाँ तोकिएको छ ।  शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तकिएको थियो ।

तपाईको प्रतिक्रिया