छुवाछूत तथा कुरीति विरुद्धको सचेतनामूलक कार्यक्रम रामपुरमा सम्पन्न

तानसेन। छुवाछूत तथा कुरिती विरुद्धको सचेतनामूलक कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं. ४ देविस्थान पाल्पामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले छुवाछूत र कुरितीले समाजमा विभेद ल्याउने र समाजलाई विकराल अवस्थामा पु¥याउने भएकाले यसको अन्त्य हुनु पर्ने बताइन् ।

उनले पछिल्लो समय छुवाछुतका घटना न्यूनीकरण हुँदै गए पनि उन्मूलन भने हुन नसक्नु दुखद् रहेको धारणा राखिन् । समाजबाट छुवाछूत र कुरिती नहटेसम्म समाज परिवर्तन र विकासित भएको अनुभुति नहुने भन्दै यसको उन्मूलन हुन आवश्यक रहेको उनको भनाई थियो ।

रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले शिक्षा र सचेतनाको कमीका कारण अझै पनि छुवाछुतका घटना हुने भन्दै यसका लागि सवै एक भएर लाग्नु पर्ने बताए। उनले विभिन्न जातिय विभेद र कुरितीले स्वयम व्यक्ति र समाजलाई नै पछाडि धकेल्ने भएकाले यसलाई हटाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे।

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायाँदेवि नेपाली, नेपाली कांग्रेस महासमिति सदस्य विष्णु प्रसाद आचार्य, नेपाली काँग्रेस पाल्पाका जिल्ला सहसचिव हमिद अलि मिया, नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य बुद्धि प्रकाश रेग्मी, नेकपा एमाले पाल्पाका जिल्ला सदस्य सन्जु परियार, वडा नं.१ का दलित महिला सदस्य जिवन माया नेपाली, नेपाली काँग्रेस रामपुर ४ का सभापति थर्क बहादुर राना, लक्ष्मी आधारभुत विद्यालयका अध्यक्ष विमल श्रेष्ठले बोल्दै समाजमा रहेको छुवाछूत र कुरितीको अन्त्यका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सचेतना कार्यक्रमको सहजिकरण सहजकर्ता अनिल खनालले गरेका थिए । रामपुर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

रामपुर नगपालिका महिला विकास शाखा प्रमुख पुजा परियारको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन न्यायिक समिति सदस्य सचिव पार्वती परियारले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया