काठमाडौं। रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु बुधबार साँझ सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । तारामान बुढाका दुई नावालिक छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर मृत अवस्थामा पेला परेको प्रहरीले जनाएको छ ।

बुधबार साँझदेखि हराएका उनीहरुको स्थानीयले खोजी गर्ने क्रममा रन्मा गाउँकै भीरमा मृत फेला परेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया