तानसेन। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संघीयताको महत्व भनेको नै प्रदेश सरकार भएको बताएका छन् । पाल्पाको तानसेन नगरपालिकाका जनप्रतिनिधिहरूसँग कानून र विकास निर्माण बारे अन्तरक्रिया गर्दै सभामुख घर्तीले प्रदेश सरकार नै संघीयताको गहना भएको बताएका हुन् ।

सभामुख तुलाराम घर्तीले भने, ”स्थानीय सरकार संसदीय सरकार होइन । नगर प्रमुख यहाँको सरकारको प्रधानमन्त्री हो, सभालाइ रूलिङ गर्ने भएकोले सभामुख हो र कानून बनाएर प्रमाणित गर्ने राष्ट्रपति पनि हो । यसको महत्व संघीयतासँग छ । संघीय व्यवस्थामा प्रदेश सरकरको महत्व हुन्छ यो नभए हामी एकात्मक व्यवस्थामा जान्छौं।” उनले भने ।

स्थानीय सरकारले योजनालाइ प्राथमिकरण गरि प्रदेश सरकारलाई दिनुपर्छ ।, स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन, त्यसको अवस्था, सुधार गर्नुपर्ने विषयमा प्रदेश सभामुख घर्तीसंग जनप्रतिनिधिहरूले अन्तरक्रिया गर्दै कानून निर्माण गर्न जनशक्ति र क्षमताको अभाव रहेको सभामुख  घर्तीले बताए।

कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहितको सरकार भएपनी लौरो र हतियार बीनाको प्रहरी जस्तो भएको बताए । उनी भन्छन्, तीन तहका सरकारले बनाएका ऐन, कानुनहरु एकआपसमा बाझिने अवस्था आउन नदिन सबैलाइ जानकारी हुने संयन्त्रको विकास गर्नु आवश्यक रहेको बताए ।

तानसेन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेनमा ३० ऐन, ४८ कार्यविधि गरि जम्मा ७८ कानून निर्माण भएको बताए । हामी कानून केन्द्रबाट आएको ड्राफ्टलाइ हेरेर बनाउने गर्दछौं, स्थानीय आवश्यकता र औचित्यताका आधारमा गर्न प्रक्रियागतदेखी जनशक्तिसम्मका समस्याहरू छन् ।

स्थानीय सरकारलाइ नीतिगत समस्याको समाधान गर्न तथा विकासका लागी प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने समय आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

तपाईको प्रतिक्रिया