पाल्पाका घाँस काट्न भनेर निस्किएका एक व्यक्ति चार दिनपछि जंगलमा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका ४ धामखोलाका ६३ वर्षीय याम बहादुर सूर्यवंशी शनिवार बेलुका घर नजिकैको जंगलमा मृत भेटिएका हुन् ।
उनी गत चैत २८ गते बिहान खाना खाएपश्चात घाँस काट्न र काफल टिप्न भनेर जंगल हिँडेका थिए ।
घरमा नफर्किएपछि खोजतलास गर्ने क्रममा उनलाई खोल्सामा मृत अवस्थामा फेला पारिएको थियो ।
उनको शव पोष्टमार्टमा लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।



